आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना घाइते

सोमबार, भाद्र २ २०८२

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोकस्थित सडकमा आइतबार मध्यरात मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल राति करिब पौने २ बजे दुर्घटनामा परेका थिए। दुर्घटनामा सिरहा, जन्दहका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षका पुरुष घाइते अवस्थामा अस्पताल पुर्‍याइएका थिए। तर उपचारका क्रममा राति सवा २ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकमध्ये एक जनाको सनाखत अझै भइनसकेको छ।

घटनामा गोरखा आरुपोखरी घर भई हाल बुढानीलकण्ठ–८, भंगाल बस्ने २४ वर्षीय एरिक परियारसहित २८–३० वर्षका एक पुरुष र ३०–३२ वर्षका अर्को पुरुष घाइते भएका छन्। घाइते दुई जनाको अवस्था गम्भीर रहेको र हाल उपचार भइरहेकाले प्रहरीको भनाइ छ।

पहिचान नभएका मृतक र घाइतेका आफन्तलाई खोजी गर्ने प्रयास भइरहेको प्रहरी बुढानीलकण्ठले जनाएको छ।