आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

८८ वर्षीय यादवको हत्या आरोपमा दुई जना पक्राउ

शुक्रबार, साउन ३० २०८२

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलका ८८ वर्षीय फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार उनीहरू चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेका थिए। तर, घरधनी यादवले हल्ला गरेपछि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।

साउन १४ गते घटेको घटनापछि प्रहरीले घटनास्थलबाट खुकुरी र एक जोडी चप्पल बरामद गरेको थियो। नजिकैको सिसीटिभी फुटेज र घटनास्थलमा छुटेको चप्पलको आधारमा साउन ২৩ गते प्रशान्त मण्डल पक्राउ परे। मण्डलको बयानका आधारमा साउन २७ गते महेश चौधरीलाई पक्राउ गरिएको हो।

हत्या प्रकरणको अनुसन्धान इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो ९ऋक्ष्द्य० को संयुक्त टोलीले गरिरहेको छ। जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थप गरी अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।