आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

मंगलबार, साउन २७ २०८२

काठमाडौं ।  मंगलबार अपराह्न संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बस्ने भएको छ।

बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०८०/०८१’ पेस गर्नेछन्।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभाबाट उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा सभामुख देवराज घिमिरेले पूर्वराज्यमन्त्री खड्गबहादुर वस्याल सार्कीको निधनमा शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम रहेको छ। ७४ वर्षका वस्यालको साउन २३ गते निधन भएको थियो।