आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राससको महाप्रबन्धकमा राई नियुक्त

मंगलबार, साउन २७ २०८२

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पत्रकार सन्दीप राईलाई राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा नियुक्त गरेको छ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। पाँचथरको फालेलुङ गाउँपालिका–३ निवासी उनले मोफसल र काठमाडौंमा रहेर पत्रिका, रेडियो र अनलाइन माध्यममा काम गर्ने अनुभव बटुलेका छन्।

राई तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका प्रेस संयोजकसमेत भइसकेका छन्।