बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भिजिट भिसा विवाद : डिपी अर्यालको सुमिरे टुर एन्ड ट्राभल्स चर्चामा

डिपी अर्याल पानीमाथिको ओभानो बनेर पन्छिन खोज्दै छन् : महेश बस्नेत

सोमबार, साउन २६ २०८२

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले रास्वपाका उपसभापति डिपीअर्यालको सुमिरे टुर एन्ड ट्राभल्समार्फत भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्तिहरू त्यहाँ लुकेकाे पाइएको आरोप लगाएका छन् ।

नेता बस्नेतको आरोप अनुसार ती व्यक्तिहरूले नेपाल स्काउटको लोगो देखाएर टिकट काटेको तर फेरि नेपाल फर्किएको थिएनन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले यस्तो बताएका हुन्। उनले सदनमा भिजिट भिसा प्रकरणका नाममा गृहमन्त्री रमेश लेखकमाथि आइपरेका रास्वपाका कार्यवाहक सभापतिलगायतका सांसदहरूमाथि निकै गम्भीर र ठूलो नैतिक प्रश्न भएको बताए।

बस्नेतले अर्याल पानीमाथिको ओभानो बनेर पन्छिन खोजेको बताएका छन्।

उनले लेखेका छन्, ‘रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल भने आफू पानीमाथिको ओभानो बनेर पन्छिन खोजिरहेका छन्। सदनमा भिजिट भिसा प्रकरणका नाममा गृहमन्त्री रमेश लेखकमाथि आइपरेका रास्वपाका कार्यवाहक सभापति लगायतका सांसदहरूमाथि यो निकै गम्भीर र ठूलो नैतिक प्रश्न हो।’