काठमाडौं । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
भेरी नगरपालिका–१ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे भएको दुर्घटनामा २७ वर्षीय चालक सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो।
अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाका अनुसार खलङ्गाबाट भेरी नगरपालिका–१ डौँरीकाँडा बिरामी लिन जाँदै गरेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स भत्तामा ठोक्किँदा दुर्घटना भएको हो।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।