काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
आइतबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग हालका वर्तमान विषयमा छलफल गरेको र तुर्कमेनिस्तान भ्रमण र भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भएको गतिविधि राष्ट्रपतिसमक्ष जानकारी गराएका छन्।