आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

लोडसेडिङ झल्को दिने सूचना प्रकाशनपछि चनौली वितरण केन्द्रका प्रमुख श्रेष्ठको सरुवा

बुधबार, साउन २१ २०८२

चितवन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरिएको छ।

साउन १० गते मागभन्दा कम विद्युत आपूर्तिका कारण लोडसेडिङको झल्को दिने गरी एक दिने सूचना प्रकाशित गरेपछि उनी विवादमा तानिएका थिए। त्यसको केही दिनमै प्राधिकरणले श्रेष्ठलाई पूर्वी नवलपरासीको सदरमुकाम कावासोती वितरण केन्द्रमा सरुवा गरेको हो।

प्राधिकरणले श्रेष्ठको सरुवा कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ (१)(ग) बमोजिम गरिएको जनाएको छ। चनौली केन्द्रबाट सार्वजनिक सूचना प्रकाशित भएपछि प्राधिकरणमाथि तीव्र आलोचना भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैं साउन १२ गते चितवन पुगेका थिए। तर, उनी चनौली वितरण केन्द्रमा जाँदा केन्द्र प्रमुख श्रेष्ठ अनुपस्थित रहेका थिए। शाक्यले अन्य इन्जिनियरहरूसँग तत्कालीन समस्या र समाधान उपायबारे जानकारी लिएका थिए।

विद्युत आपूर्तिमा समस्या देखिएको माडी, रामपुर, जगतपुर, शुक्रनगर, विजयनगरसहित पूर्वी चितवनका विभिन्न क्षेत्रमा साउन १३ गतेदेखि आपूर्ति पुनः सामान्य भएको प्राधिकरणले जनाएको छ।