आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी स्थायी समिति बैठक, आज अध्यक्ष प्रचण्डले जवाफ दिने

सोमबार, साउन १९ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ । यही साउन १६ देखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको स्थायी समिति बैठक आज चौथो दिन पनि बस्ने भएको हो ।

बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यस्तै आइतबार १९ जना सदस्यले आफ्नो धारणा राखेका थिए । आज समापन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ ।

आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन् ।

त्यसपछि दस्तावेदमाथि आएको धारणाबारे अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् । प्रचण्डले जवाफ दिएपछि आजै बैठक समापन गरिने तयारी छ ।