काठमाडौं । बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैंयाँ तानेको छ । आज आईतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तानेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुुने अवधि ४२ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती भदौ २९ गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने व्यवस्था रहेको छ ।