आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

फेरि एकचोटि विद्रोहको तयारी आवश्यक : प्रचण्ड

आइतबार, साउन १८ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा पुनः एकपटक विद्रोहको आवश्यकता रहेको स्पष्ट पारेका छन्।

आइतबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित बोत्ले समृद्धि दिवस कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफू विद्रोहको तयारीमा रहेको बताएका हुन्।

उनले भने, “एकचोटि फेरि क्रान्ति आवश्यक छ। नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही हो र यसको तयारी पनि गरिरहेको छु। चाँडै हामी मध्यपहाडी यात्रामा निस्कन्छौं।”

दाहालले जनतासँग जोडिन र माओवादी अभियानलाई अघि बढाउन फेरि मध्यपहाडी यात्रा सुरु गर्न लागिएको जानकारी दिए। उनले उक्त अभियानलाई विद्रोहको तयारीकै हिस्साको रूपमा व्याख्या गरे।

कार्यक्रममा बोल्दै उनले अतीतको जनयुद्धको सम्झना गर्दै शहीद परिवारहरूको घरमा पुगेर उनीहरूको पीडा र अवस्था बुझ्ने कार्य अभियानको अभिन्न अङ्ग भएको उल्लेख गरे। “फेरि हाम्रो वर्गसँग जोडिँदैछौं,” उनले भने।