आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रुपन्देही–३ उपनिर्वाचन : दल दर्ताका लागि आह्वान

शुक्रबार, साउन १६ २०८२

काठमाडौं । आगामी कात्तिक १७ गते हुने रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताको निवेदन दिन सकिने जानकारी दिएको हो।

यसअघि आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको छ। कार्यतालिका अनुसार, उम्मेदवार मनोनयन असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ, र सोही दिन साँझ उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। असोज २४ गते अन्तिम नामावली सार्वजनिक हुनेछ।

मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

आयोगका अनुसार, २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीमा नाम रहेका व्यक्तिहरूले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने छन्।