आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बस्दै, यस्ता छन् एजेण्डा

शुक्रबार, साउन १६ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरु हुँदैछ।

बुधवार बसेको पदाधिकारी बैठकले तय गरेका एजेन्डाहरूलाई स्थायी कमिटीमा विस्तृत छलफलका लागि प्रस्तुत गरिनेछ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ दिनेछन्।

त्यसैगरी, पोखराबाट रोकिएको पहाडी जिल्ला अभियानलाई पुनः सुरु गर्ने विषयमा छलफल हुनेछ।

साथै, केन्द्रीय समिति बैठकको मिति निर्धारण गर्ने र समाजवादी मोर्चालाई थप सक्रिय तथा विस्तार गर्ने विषयमा पनि विचार विमर्श गरिनेछ।

संगठन निर्माण, विकास र आन्तरिक एकता सुदृढीकरणसम्बन्धी विषयहरू पनि बैठकका मुख्य एजेन्डा हुन्।

यस्तै,  बैठकले समसामयिक राजनीतिक विषयहरूमा प्रस्ताव पारित गर्ने तयारी रहेको जनाइएको छ।