काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ ।
प्रदेशको समसामयिक राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल गर्न बिहान ११ बजे हेटौंडास्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा हालको राजनीतिक परिस्थिति, सरकार सञ्चालनको अवस्था, संसदीय दलको भूमिकासहित आगामी रणनीतिबारे विस्तृत छलफल हुने प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।
बैठकका एजेन्डाबारे आधिकारिक रुपमा केही उल्लेख नभए पनि प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना र एमालेको भूमिका सम्बन्धमा कुराकानी हुने आकलन गरिएको छ ।
बागमतीमा मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेसले दलको नेताबाट हटाएको छ । नयाँ नेता चयन गर्न आज चुनाव हुँदैछ ।
यसैबीच लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।