काठमाडौं । स्पेन प्रकरणबारे छानबिन गरिरहेको समितिले महाराजगन्जस्थित एक ट्राभल्स एजेन्सीमा छापा हानेको छ । । सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले ट्राभल्समा छापा हानेको हो ।
महाराजगन्जस्थित भिजिट अबरोड टुर्स एण्ड ट्राभल्सले फर्जी कागजात बनाएर मानिसहरू स्पेन पठाएको सूचनाको आधारमा छापा हानेको समितिका एक जना सदस्यले जानकारी दिए ।