आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माधव नेपाललाई वारेस राख्ने सुविधा दिन विशेष अदालतद्वारा अस्वीकार

मंगलबार, साउन १३ २०८२

काठमाडौं । पतञ्जली जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले वारेस सुविधा दिन अस्वीकार गरेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएकाे नेपालले राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ  वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सोमबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा सुनुवाइपछि वारेस सुविधा दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, ‘तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखियो । तसर्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा (१) को खण्ड (क) को व्यवस्थाअनुसार यी प्रतिवादीलाई वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन ।’

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले नेपालाई ११ असारमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा मुद्दामामिलाका क्रममा सम्बन्धित व्यक्ति नियमित रुपमा उपस्थित हुन नसक्ने भएमा वारेश राख्ने अनुमती दिन्छ ।