आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

यस्ताे बतायाे उर्मिला हायूको परिवारले थाकथलो छाड्नु पर्ने कारण

मंगलबार, साउन १३ २०८२

गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए ।

उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए।

“हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।”

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए ।

उनीहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू सिन्धुलीबाट गाडीमा पोखरा आएको खुलेको पनि प्रहरीले जनाएको छ । पोखरा आएपछि उनीहरु एक दिन होटलमा बसेको र त्यसपछि कोठा खोजेर बसेकाे बताइएको छ ।

शुक्रबारदेखि उनीहरु सम्पर्कविहीन भएका थिए ।