काठमाडौं । आज साउनको सोमबार देशभरिका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । सौरमासअनुसार साउनको दाेस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भिड लागेको छ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ।
पशुपतिनाथ, भक्तपुरको डोलेश्वर मन्दिर लगायतका शिवालयहरूमा दर्शनार्थीहरु पुगेका छन् ।
राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।