काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् ।
ट्रम्पका अनुसार यी आक्रमणहरू फ़ोर्दो, नताञ्ज र इस्फ़हानस्थित परमाणु केन्द्रहरूमा गरिएको हो।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत लेखेका छन्, “हामीले फ़ोर्दो, नताञ्ज र इस्फ़हानलगायतका इरानी परमाणु ठिकानामा आक्रमण सफलतापूर्वक सम्पन्न गरेका छौं। सबै विमानहरू इरानी वायुसिमाबाट बाहिर भइसकेका छन्।”
उनले फ़ोर्दोमा ‘सबै बम खसालिएको’ दाबी गर्दै सबै विमानहरू सुरक्षित रूपमा फर्किएको उल्लेख गरेका छन् ।
उनले अमेरिकी सेनाको प्रशंसा गर्दै लेखेका छन् “हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई। संसारमा यस्ता कारबाही गर्न सक्ने अर्को कुनै सेना छैन। अब शान्तिको समय हो।”