काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडी परेका छन् ।
२०२५ को नयाँ सिजनको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगै देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् । सन्दीपले यसअघि पनि बिबिएल खेलिसकेका छन्
सन्दीपबाहेक अन्य कुनै खेलाडीसँग विदेशी लिग खेलेको अनुभव छैन । बिबिएलको ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन् ।
सन्दीप र ललित गत संस्करणको ड्राफ्टमा पनि परेका थिए । तर, बिक्री भएनन् । खेल अक्सन जुन १९ मा हुनेछ ।