काठमाडौं । नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।