काठमाडौं जेठ, ९–
भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहँदा काँग्रेस नेताको हृदयघातका कारण मृत्यु भएको छ ।
सीहोर जिल्लाका काँग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई मतगणनाको अपडेट आउन थालेपछि हृदयघात भएको हो ।
भारतीय सञ्चार माध्यम पञ्जाव केशरीकाअनुसार मतगणनाको अपडेट आउन थालेपछि उनको स्वास्थ्यमा खराब आयो र लगत्तै उनलाई हृदयघात भयो ।
उनलाई हतारहतार अस्पताल लगिए पनि ज्यान भने बच्न सकेन । बिहान आठ बजेदेखि जारी मतगणनामा सत्तारुढ भाजपा गठबन्धनले भारी अग्रता लिएको छ । मतपरिणाम आजै बेलुका आइपुग्नेछ।