शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आइसीसी महिला टी–ट्वान्टी : नेपाल र हङकङ खेल्दै

मंगलबार, बैशाख ३० २०८२

काठमाडौं । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज तेस्रो खेल खेल्दै छ।

आजको तेस्रो खेलमा नेपालले हङकङसँग खेल्ने छ। हङकङसँग भने यो दोस्रो खेल हो। खेल दिउँसाे १२ : ३५ बजे सुरु हुने छ भने खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा हेर्न सकिनेछ ।

थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदान भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो। खेल रद्द भएसँगै दुवै टिमले १/१ अंक बाँडे‌का थिए।

तर, दोस्रो खेलमा नेपाल बहराइनसँग भिडेको थियो। जसमा नेपालले ९ विकेटले पराजित गरेको थियो।