बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भारत-पाकिस्तानसँग तनाव : भारतका २४ विमानस्थल बन्द, सुरक्षा सतर्कता बढाइयो

शुक्रबार, बैशाख २६ २०८२

नयाँ दिल्ली। पाकिस्तानसँगको बढ्दो तनावका बीचमा भारतका विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।

सबै यात्रुहरूको दोस्रो स्तरको चेकिङ (सेकेन्डरी लेडर पोइन्ट चेकिङ) अनिवार्य गरिएको छ। भारतको पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् ।

इन्डिगो र स्पाइसजेट एयरले यात्रासम्बन्धी सल्लाह जारी गर्दै यात्रुलाई बढी सतर्क रहन आग्रह गरेका छन्।

भारतको ‘अप्रेशन सिन्दूर’ अन्तर्गत गरिएको कारबाहीले पाकिस्तानसँग युद्धको अवस्था बनाएको छ। सीमामा पछिल्लो ३६ घण्टामा स्थितिहरू तीव्र रूपमा परिवर्तन भएका छन्।

यिनै कारणले भारतभरका विमानस्थलमा अलर्ट जारी गरिएको हो। तनावको बीचमा पञ्जाब, जम्मु–कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थल अस्थायी रूपमा नागरिक उडानका लागि बन्द गरिएका छन्।