बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

प्रज्ञा भवनबाट पक्राउ परे रेशम चौधरी

बुधबार, बैशाख १७ २०८२

काठमाडौं  । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताका लागि आयोजना गरिएको कार्यक्रमस्थलबाट रेशमलाल चौधरी पक्राउ परेका छन् ।

पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो ।

प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका हुन् ।  उनलाइै पक्राउ गर्नुको कारणबारे खुलेको छैन ।

२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए । सो घटनामा रेशमलाई तीनै तहको अदालतले दोषी ठहर गरेको थियो ।

उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएका थिए । त्यसपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।