बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सवारी दुर्घटनामा सात जनाको मृत्यु

सोमबार, बैशाख १५ २०८२

काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–१० ढुङ्गे देउरालीस्थित सडकमा अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु.६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक स्याङ्जा वालिङ नगरपालिका–८ बस्ने ६० वर्षीय डम्बर बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोरङको सुनवर्षी नगरपालिका–९ लक्ष्मी टोलस्थित सडकमा डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ बस्ने २० वर्षीय साहवन आलमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित सडकमा लु.३४ प ११०७ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक कपिलवस्तु वाणगंगा नगरपालिका–२ बस्ने १८ वर्षीय समिर थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ एचआईडीस्थित सडकमा पोखराबाट कटारीतर्फ जाँदै गरेको ना.७ ख ११०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री पर्सा सखुवा प्रसौनी गाउँपालिका–३ कटैया बस्ने ३६ वर्षीय प्रबेज अन्सारीको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वर असारेस्थित सडकमा असारेबाट ठुलापोखरीतर्फ जाँदै गरेको लु.१ ज २३७७ नम्बरको जिप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार मध्ये सोही गाउँपालिका–१ असारे बस्ने २२ वर्षीय जनक रेगामीको मिसन अस्पतालमा तथा ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको जिल्ला अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका चालक समेत २ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।