बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि शिक्षक र प्रहरीबीच झडप, ६३ जना घाइते

आइतबार, बैशाख १४ २०८२

काठमाडौं । जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

झडपमा ६३ जना शिक्षक घाइते भएका छन् । उनीहरुलाई ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा लगिएको छ ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ ।

विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् ।