काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । आज सोमबार नेप्से ३२ दशमलव ४५ अंकले घटेर २६ सय ७० दशमलव ९४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८५ अंकले घटेर चार सय ४६ दशमलव २३ अंकमा पुगेको छ । तीन सय २२ वटा कम्पनीहरुको ५५ हजार सात सय १२ पटकको कारोबारमा एक करोड १४ हजार आठ सय ६६ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम पाँच अर्ब ६५ करोड ८९ लाख ७३ हजार सात सय ६६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुुँदा सबै सुचक घटेर नेप्से राताम्मै भएको छ । जसमध्ये आज बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ५३ अंकले घटेर १३ सय ६४ दशमलव ८९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४४ दशमलव ८३ अंकले घटेर तीन हजार चार सय ६० दशमलव तीन अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय नौं दशमलव ९७ अंकले घटेर १३ हजार तीन सय १० दशमलव ९५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५७ अंकले घटेर १२ हजार एक सय ८५ दशमलव ५० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बुटवल पावर कम्पनीले सबैभन्दा बढी कमाउँदा हिमालयन पावर पार्टनर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।