काठमाडौं । नेप्से घटेको छ । आज मंगलबार नेप्से १६ दशमलव ९५ अंकले घटेर २६ सय ७६ दशमलव १७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५७ अंकले घटेर चार सय ४६ दशमलव ६९ अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ५६ हजार पाँच सय ४८ वटा कम्पनीहरुको एक करोड छ लाख ७० हजार छ सय ४९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार सात सय रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा व्यापार समुहको सुचक उच्च अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक १० दशमलव १८ अंकले घटेर १३ सय ५७ दशमलव २९ अंकमा पुगेकोमा जलविधुत समुहको सुचक पनि ३२ दशमलव ६२ अंकले घटेर तीन हजार चार सय ९१ दशमलव १० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव ४८ अंकले घटेर १३ हजार चार सय ८६ दशमलव २३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव १८ अंकले घटेर १२ हजार दुई सय ९२ दशमलव ३३ अंकमा पुगेको छ। बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।