बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

बिम्स्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलि थाइल्याण्ड प्रस्थान

मंगलबार, चैत्र १९ २०८१

काठमाडौं । बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली अप्रिल ४ मा बिमस्टेकलाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीलाई थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा गरेका थिए।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा। युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल सहभागी छन्।

यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ सदस्य टोलीमा छन्।

प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ।