बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सांसद दीपक बोहराको निधन

मंगलबार, चैत्र १९ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ।

काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार बोहराको निधन भएको हो।  बोहराको उपचारको क्रममा केही बेरअघि निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए।

राप्रपाबाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए।

उनको घाँटीमा क्यान्सर भएको थियो ।