काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको हो ।
पछिल्लो समयमा राजावादीहरूले गरेको प्रदर्शन, विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफलका लागी बैठक बोलाएको हो ।