बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

राजावादीले गरे तीनकुनेको घरमा आगजनी

शुक्रबार, चैत्र १५ २०८१

काठमाडौं । तीनकुनेको निजि घरमा राजावादीले आगजनी गरेका छन्।

राजावादीले गर्ने भएको सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । उक्त घरमा राजावादीहरूले ढुङ्गा प्रहार गरी सिसाहरू फुटाएका थिए। त्यसपछि आगजनी भएको हो।

प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड समेत गरेका छन् ।

उनीहरुले घरभित्रबाट विभिन्न सामान निकालेर आगो लगाएका थिए । त्यहीबाट घरमा आगो लागेको हो ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट स्थानीयहरुको घरको झ्यालका सिसा फुटेर छियाछिया भएका छन् ।

प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।