बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ : प्रधानमन्त्री

बिहिबार, फाल्गुन २२ २०८१

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँतने सपना नदेख्न आग्रह गरेका छन् ।

पछिल्लो समय राजावादिहरुले गरीरहेको विभिन्न कार्यक्रमप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।” मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको सो क्रममा बताए ।