बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको हो : उर्जामन्त्री खड्का

बिहिबार, फाल्गुन २२ २०८१

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताए। उनले यदि विद्यार्थी जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गरे ।

मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरुलाई नटेर्ने भएको कारण उनलाई पटक—पटक स्पष्टिकरण सोधिएको बताए ।