काठमाडौं । अस्पतालबाट पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् ।
आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका उनी डिस्चार्च भएका हुन्। शाहलाई हृदयघात भएको थियो ।
उनको आइतबार बेलुका एन्जियो प्लास्टिक गरिएको थियो । अस्पतालका अनुसार स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।