आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

घट्यो सुनको मूल्य, कति पुग्यो आज ?

शुक्रबार, फाल्गुन १६ २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २२०० रुपैयाँले घटेको हो । अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।