आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

सोमबार, फाल्गुन १२ २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।