आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्यो

शुक्रबार, फाल्गुन ९ २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ७० हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।