आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पेट्रोलको मूल्य बढ्यो, मट्टीतेल र डिजेलको घट्यो

आइतबार, फाल्गुन ४ २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढेको छ ।

निगमले शनिबार इन्धनको मूल्य समायोजन गरेसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको हो ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य घटेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ ।