बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अध्यादेश पास गराउन एकीकृत समाजवादीसँग सहयोग माग्ने नेपाली कांग्रेसको निर्णय

शुक्रबार, फाल्गुन २ २०८१

काठमाडौँ । बुढानीलकण्ठमा कांग्रेस नेताहरूको बैठकले अध्यादेश पास गराउन एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको छ ।

पार्टीका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको पहलमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा अध्यादेश पास गर्न अपनाउन सकिने वैकल्पिक उपायबारे छलफल भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार नेकपा (एकीकृत समाजवादी)लाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय भएको हो ।

सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय यसअघि नै गरीसकेको छन्।