काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बैतडी पाटन नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने ३० वर्षीय बिनोद पन्तलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीलेकाठमाडौं पुतलीसडकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।