एउटा नेपालीले नेपाल र नेपाली जनताको लागि केही गर्छु भन्दा बिरोध किन ?
काठमाडौं । मुलुकको अर्थतन्त्र कसैले माने पनि नमाने पनि मारवाडी समुदायको हातमा रहेको छ । उद्योग व्यवसाय सञ्चालनको नाउँमा यो समुहले मुलुकको सिंगो अर्थतन्त्र नैं आफ्नो नियन्त्रणमा लिईसकेको छ । उद्योग धन्दा, कलकारखाना, बैंक, फाईनान्स, बीमा, अटोमोवाईल, शिक्षा, स्वास्थ, पुर्वाधार लगायतका सबै क्षेत्रमा यो समुहको बर्चश्व रहेको छ।
यो समुहको भिडमा चन्द्रप्रसाद ढकाल एउटा त्यस्तो व्यक्ति हुन, जो सामान्य नेपाली परिवारबाट जन्मिएर आफ्नो कठोर मिहेनत, त्याग, तपस्या र लगानीकारण आजको दिनमा यो व्यवसायीक विरासत कायम गर्न सफल भएका छन् । उनै ढकालको आईएमई ग्रुप अन्तरगत अहिले बैंकिङ, रेमिटेन्स, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्र संग सम्वन्धीत धेरै उद्योग व्यवसायहरु सञ्चालनमा रहेका छन् । यि सबै उद्योगहरुमा हजारौं नेपाली नागरिकहरुले रोजगारी पाएका छन् । राज्यले बार्षिकरुपमा अर्बो रुपैंयाँ राजश्व पाएको छ । एउटा सामान्य परिवारमा जन्मिएर यो अवस्थामा आउनु सामान्य होईन । सुरुवाती समयमा कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकाललाई कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता, मिलनसारिता जस्ता कुराले आजको स्थानमा पुर्याएको हो । न्यून आर्थिक पृष्ठभूमिबाट आएका व्यक्ति ढकाल हाल वित्तिय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायतका क्षेत्रमा छाएका छन्।
ढकालको जन्म बागलुङ जिल्लाको अमलाचौर गाउँ विकास समिति वडा नं ४, कुंडहरमा बुवा स्व. हिरण्य ढकाल र आमा जानुकादेवी ढकालको कोखबाट भएका हो । एसएलसी दिउञ्जेलसम्म उनी मामाघर बसेका थिए । घाँस दाउरा, मेलापात, गाइ, चित्रा, भकारीसबैसँग उनी भिजेका थिए । पारिवारिक आर्थिक अवस्था मजबुत भएको भए स्मृतिका पाना पल्टाउँदा सायद ढकालको बाल्यकालमा डोको, नाम्लोको सन्दर्भ हुँदैनथ्यो होला । गाउँ छँदा उनले दिनहरूमा चोया काढेका थिए, डोको बुनेका थिए, नाम्लो बुनेका थिए । एसएलसी परीक्षा नजिकिँदै गएको बेला त्यही बीचमा बुवाको मृत्यु भयो । बुवाको मृत्युले पढाईमा प्रत्यक्ष असर गर्यो । एसएलसीको नतिजा आउँदा अंग्रेजी विषय लागेको थियो उनलाई । दोस्रो पटकको एसएलसीमा भने अंग्रेजी विषय कटाए । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौँ आइपुगे । ढकालले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन । काठमाडौं आउँदा केही सय रुपैंयाँ लिएर आएका ढकाल सुरुवाती समयमा काठमाडौँको मैपीमा आफ्ना काका र मामाका छोराछोरी (भाइबहिनी ) थिए पढ्न भनेर आएका । ढकाल काठमाडौँ आएपछि उनीहरूसँगै बसे । आइकम पढिरहेका बखत पेप्सीकोला कम्पनीमा सानोतिनो जागिर पाए । त्यो जागिरले भने ठूलै राहत मिल्यो उनलाई । त्यसपछि उनले विस्तारै व्यापार व्यवसायमा हात हाले । अहिले उनको आई.एम.ई अटोमोटिभ्स प्राइभेट लिमिटेड, ग्लोबल आई एम ई बैंक लिमिटेड, इलाईट क्यापिटल लिमिटेड, वल्र्डवाइड इन्भेस्टमेन्ट लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, आई एम ई अक्सिजन प्राइभेट लिमिटेड, इन्टरनेसनल मनी एक्स्प्रेस, सि एम ट्रेडिङ, चन्द्रागिरी केवल कार आदि रहेका छन्।
उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाँणिज्य महासंघका हालका अध्यक्ष पनि हुन ढकाल । उनै ढकालको समहुले अहिले ताप्लेजुङको पाथिभरामा केवल कार निर्माण गर्दै छ । स्थानीयहरुलाई रोजगारी दिन, पर्यटन प्रर्वधनमा सघार पुरयाउँदै राष्ट्रिय अर्थतन्त्रलाई मजवुत बनाउने योजना सहित ढकाल संलग्न कम्पनीले पाथिभरा क्षेत्रमा केवल कार निर्माण गर्न लागेको हो । तर अहिले नो केवर कार समुहको नाउँमा यो क्षेत्रमा केवल कार निर्माण गर्न नदिनको लागि केही व्यक्ति तथा समुहहरुले हुलहुज्जत गरिरहेका छन् । के त्यो समुहले गरेको यो काम बिकास बिरोधी होईन ? किनकी केवल कार बन्यो भने रोजगारी पाउने त्यहीका स्थानीय बासिन्दाले हुन । त्यहीको पर्यटन प्रर्वधन हुने हो, त्यही क्षेत्रको बिकास हुने हो । यस्तो कुरामा किन यत्रो हुलहुज्जत गरियो । यसको पछाडिको अमुक शक्ति को हो ? कसको इशारामा यो बिकास बिरोधी काम भईरहेको छ । यो पत्ता लगाउने जिम्मा राज्यको हो । राज्यले व्यवसायीक वातावरण बनाईदिनु पर्छ, व्यवसायीक सुरक्षा प्रदान गर्नुपर्छ, बिकास बिरोधी काम गर्नै जो कोही व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ।