१५ वटाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक हुँदा सात वटा घाटामा
काठमाडौं । फाईनान्स कम्पनीहरु निकै नैं दयनीय अवस्थामा रहेका छन् । नेपालमा हाल सबै किसिमका गरी १७ वटा फाईनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये हालसम्म १५ वटा फाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
वित्तीय विवरण सार्वजनिक गरेका मध्ये आठ फाईनान्सले सामान्य नाफा कमाएको देखिएपनि सात वटा फाईनान्स कम्पनीहरु भने घाटामा जानुले पनि फाईनान्स कम्पनीहरुको अवस्था निकै नैं दयनीय देखिएको हो । हालसम्म वित्तीय विवरण सार्वनजनिक गरेका फाईनान्स कम्पनीहरु मध्येमा मल्टीपर्पस फाईनान्सले दुई करोड तीन लाख ८२ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदाा प्र्रोग्रेसिभ फाईनान्सले आठ करोड ५३ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यसैगरी सेन्ट्रल, मञ्जुश्री र नेपाल फाईनान्सले भने यस अवधिमा क्रमशः ३४ लाख ९० हजार, ११ करोड ७० लाख ७९ हजार र दुई करोड पाँच लाख चार हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गुडविल, श्री इन्भेष्टमेन्ट र आईसीएफसी फाईनान्सले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक करोड चार लाख ८९ हजार, एक करोड ४१ लाख ६० हजार र १० करोड १९ लाख ३२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन्।
चालु आवको दोस्रो त्रैमासमा घाटामा गएका फाईनान्स कम्पनीहरु मध्येमा पोखरा फाईनान्सले छ करोड ३७ लाख ९४ हजार रुपैंयाँ बेहोरेको छ भने गोर्खाज फाईनान्सले २५ लाख ९८ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । रिलायन्स, गुहेश्वरी र वेष्ट फाईनान्सले पनि क्रमशः ११ करोड ९७ लाख ३९ हजार, दुई करोड १८ लाख ८१ हजार र एक करोड ७२ लाख ६२ हजार रुपैंयाँ घाटा बेहोरेकाछन् । समृद्धि र जानकी फाईनान्सले पनि क्रमशः छ करोड २८ लाख २२ हजार र २४ करोड ८२ लाख रुपैंयाँ घाटा बेहोरेका छन्।
