आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

२० वटा बाँणिज्य बैंकहरुले छ महिनामा कमाए २७ अर्ब रुपैंयाँ नाफा

सोमबार, माघ ७ २०८१

काठमाडौं । बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । बाँणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बैंकहरुले उक्त मुनाफा कमाएका हुन।

बैंकहरु मध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले यही पुस मसान्तसम्ममा तीन अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैकले तीन अर्ब पाँच करोड ३४ लाख ८९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । प्राईम कर्मसियल बैंकले पनि चालु दोस्रो त्रैमासमा एक अर्ब ८६ करोड ९९ लाख ५० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा प्रभु बैंकले एक अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र एभरेष्ट बैंकले पछि पछिल्लो अवधिमा क्रमशः २७ करोड ५७ लाख ३० हजार, दुई अर्ब ८३ करोड २३ लाख २६ हजार र दुई अर्ब सात करोड ४७ लाख ६३ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । एनएमबी, सानिमा, हिमालयन र माछापुच्छे बैंकले पनि पछिल्लो अवधिमा क्रमशः दुई अर्ब ३५ लाख ४० हजार, एक अर्ब १९ करोड २३ लाख ११ हजार, एक अर्ब ५१ करोड ८७ लाख ७० हजार ८० करोड ७३ लाख २७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन्।

चालु आवको दोस्रो त्रैमासिक अवधिमा लक्ष्मी सनराईज, नेपाल एसबिआई र स्टान्र्डड चार्टड बैंकले भने क्रमशः एक अर्ब १६ करोड २० लाख ७६ हजार, ९० करोड दुई लाख ८१ हजार र एक अर्ब ६४ करोड छ लाख ३० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । सिद्धार्थ, कृषि बिकास र सिटिजन्स बैंकले भने पछिल्लो अवधिमा क्रमशः ५३ करोड दुई लाख २९ हजार, ९५ करोड ७५ लाख ४९ हजार र ६६ करोड १८ लाख २८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यसैगरी एनआईसी एशिया, राष्ट्रिय बाँणिज्य बैंक र नेपाल बैंकले पनि पछिल्लो अवधिमा क्रमशः १५ करोड १७ लाख ३० हजार, ७६ करोड ३० लाख ३३ हजार र ४६ करोड १० लाख १७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन्।