आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

वाणिज्य बैंकको माघका लागि नयाँ ब्याजदर सार्वजनिक, अधिकांश बैंकले दिए निरन्तरता

सोमबार, पुष २९ २०८१

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरलाई निरन्तरता दिएका छन् ।

देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले पुस महिनाको ब्याजदरलाई यथावत राखेका छन् ।

दुई बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ । कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.५१ प्रतिशत र संस्थागत खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यो अघिल्लो महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५७ बाट घटेको हो भने संस्थागत खातामा ३.२५ मै कायम रहेको छ ।

त्यस्तै नेपाल एसबीआई बैंकले व्यक्तिगत खातामा ५.५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । यता, लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.७५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकको यो पुस महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५ प्रतिशतबाट बढेको हो भने संस्थागत खातामा ४.५ प्रतिशत नै कायम रहेको छ ।