काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४, कदम चौकमा रहेको सुनैना हस्पिटल प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्वन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने कन्सोलेशन शुल्कमा एक सय प्रतिशतसम्म छुट हुने व्यवस्था रहेको बैकले जानकारी दिएको छ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने डिसीटी व्यान्डेज। लगायतका धेरै वटा स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।