काठमाडौं । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ।
सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजारसात सय ७५ रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।