आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

घट्यो सुनचाँदीको भाउ

बुधबार, पुष १० २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेको छ ।

आज सुन प्रतितोला १ सय रुपैयाँ घटेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ ।

आज चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १८०५ रुपैयाँमा कारोबार भएको थियो ।