आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

इको कनेक्सन सहकारीको १५औं बार्षिक साधारण सभा सम्पन्न

आइतबार, पुष ७ २०८१

काठमाडौं । इको कनेक्सन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

शनिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ स्थित नवदुर्गा टोलको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा अतिथिहरुलाई संस्थाका संचालक समिति सदस्य सुचमा थोकर, प्रमिला थोकर, लक्ष्मी महत र सबिना बस्नेतद्वारा माला र ब्याज बितरण गरिएको थियो।

यसैगरी संस्थाका संचालक समितीका उपाध्यक्ष बिष्णु फुयालले कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका उपसचिव डोरेन्द्र निरौला , कार्यक्रमको सभापति इको कनेक्सन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सिताराम तिमल्सिना, विशिष्ट अतिथिहरुमा नेपाल सरकारका उपसचिव तुलसी प्रसाद चौलागाईं र कागेश्वोरी मनोहरा न.पाका सहकारी शाखा प्रमुख विश्वास ज्ञवाली अतिथिहरु नवदुर्गा टोल सुधार समितीका अध्यक्ष गोबिन्दबहादुर भट्टराई, पत्रकार तथा दिब्य कलेजका संचालक दुर्गा प्रसाद चौलागाईं ,संस्थाका पुर्व अध्यक्षद्वय कृष्ण प्रसाद भण्डारी र मेघराज फुयाल, समाजसेवी तथा वैदेशिक रोजगार व्यावसायी संघका सचिव कर्णराज कटुवाल, नवदुर्गा टोलभित्रका सहयोगी ब्यक्तित्व गोरखराज ओझा, महेन्द्र थपलिया, दिपक साह, जेष्ठ नागरिक दुर्गा प्रसाद चौलागाईं लगायतले आ-आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थालाई बिभिन्न माध्यमले सहयोग गर्ने मानबहादुर कार्की, दिपा चौलागाईं, शारदा भट्टराई र रेनु कुमारी थापालाई प्रमुख अतिथिद्वारा सम्मानपत्र प्रदान गरिएको थियो।

संचालक समितिमा रहेका सदस्यद्वय इन्द्र प्रसाद चौलागाईं र हरि प्रसाद चौलागाईं यसैगरी लेखा समिति संयोजक श्रेया सिलवाल र सदस्य कृष्ण गौतमले संचालक समितिमा दिएको राजीनामा स्वीकृत गरी साधारण सभाबाट पास गरिएको थियो।

रिक्त स्थानमा संचालक समिति सदस्यमा दिनेश बराल र पुष्कर ढुंगेल तथा लेखा समिति संयोजकमा अर्जुन तिमल्सिना र सदस्यमा शिवहरि फुयाललाई साधारण सभाबाट सर्बसम्मत रुपमा चयन गरिएको थियो।

कार्यक्रमको संचालन संस्थाका सचिव पर्शुराम अधिकारीले गरेका थिए।